काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमको निर्णय अनुसार शनिबारदेखि नयाँ मूल्य लागू हुनेछ। निगमले शुक्रबार जारी गरेको सूचनामा पेट्रोलको खुद्रा मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको उल्लेख छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर १ रुपैयाँले घटाइएको छ। नयाँ मूल्यसूची लागू भएपछि…