१ कार्तिक २०८३, आइतबार । October 18, 2026

सुनको मूल्यमा नयाँ रेकर्ड ! एकैदिन ७ हजार ६ सयले बढ्यो


१९ आश्विन २०८२, आइतबार  

18
Shares

काठमाडौं । दशैंँ बिदा सकिएसँगै नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक उचाइ छोएको छ ।

आजदेखि लागू भएको नयाँ दरअनुसार सुनको मूल्य एकैदिनमा ७ हजार ६ सय रुपैयाँले बढ्दै रेकर्ड कायम गरेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारको दरमा छापावाल सुन तोलाको २ लाख ३० हजार ६०० रुपैयाँ कायम गरिएको छ । यसअघि असोज १२ गते तोलाको २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन आजसम्मकै सबैभन्दा महँगो दरमा पुगेको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलाको २ हजार ८१० रुपैयाँमा रहेको चाँदी आज २ हजार ९३० रुपैयाँ पुगेको छ, जसमा १२० रुपैयाँको वृद्धि भएको हो ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलरको विनिमय दर उच्च हुनु र चाडपर्वका कारण आन्तरिक माग बढ्नु मूल्य वृद्धिका मुख्य कारण हुन् ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ११ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि