२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

जिली इएक्स फाइभको शोरुम अब बुटवलमा, सोमार्जुन मोटर्स अधिकृत डिलर नियुक्त


२ मंसिर २०८२, मंगलबार  

15
Shares

बुटवल । नेपालको लागि जिली इएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्सले देशैभरी डिलर बिस्तार गर्ने रणनीतिक योजनाअन्तर्गत बुटवलको लागि सोमार्जुन मोटर्सलाई आधिकारिक डिलर नियुक्त गरेको छ ।

बुटवल र आसपासका क्षेत्रहरुका लागि जिली इएक्स फाइभका ईभीहरु स्थानीयस्तरमै उपलब्ध गराउने लक्ष्य सहित सोमार्जुन मोटर्सद्वारा नवनिर्मित शोरूमको औपचारिक उद्घाटन समेत गरिएको छ । एलआरआर मोटर्सले यो वर्षभित्र देशभरी जम्मा १४ वटा डिलर नियुक्त गर्ने हालैको घोषणाको पहिलो खुड्किलोको रुपमा बुटवलको डिलर शोरुमको उद्घाटनलाई लिइएको बताइएको छ ।

साथै आजकै उद्घाटन कार्यक्रमको अवसरमा सोमार्जुन मोटर्सले दुईवटा जिली इएक्स फाइभ म्याक्सको बिक्री हस्तान्तरण गरेको छ । पहिलो दिनमै दुईवटा इएक्स फाइभको बिक्रीले यस क्षेत्रमा जिली ब्राण्डको लोकप्रियता र ग्राहकहरुको रुचिलाई दर्शाएको कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहसँगै नयाँ डिलर शोरूमले पूर्ण रूपमा सञ्चालनको थालनी गर्दै बुटवल तथा आसपासका क्षेत्रका ग्राहकहरूको लागि जिलीका विश्वप्रसिद्ध इएक्स फाइभ म्याक्स र प्रो मोडेलहरूको बिक्री, बिक्री पछिको सेवा तथा स्पेयर पार्टसको सहज उपलब्धता गराउनेछ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ११ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ