काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा एकैदिन तोलामा २ हजार रुपैयाँले कमी आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम गरिएको छ। यसअघि सोमबार यो मूल्य १ लाख ९७ हजार ५०० रुपैयाँ थियो।…