२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

बागमतीमा आएको बाढीले डाइभर्सन बगाएपछि कान्ति लोकपथ ठप्प

काठमाडौं । मकवानपुर र ललितपुरलाई जोड्ने कान्ति लोकपथ बाढीका कारण अवरुद्ध भएको छ। गएरातिको लगातार वर्षासँगै बागमती खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक यातायात ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ को सिमानामा पर्ने बगुवा खोलामा बनाइएको अस्थायी डाइभर्सन पूर्णरूपमा बगाएको हो। यही डाइभर्सनमार्फत सवारी साधन सञ्चालन हुँदै आएको…