चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित भई पल्टिँदा सडक केही समयका लागि अवरुद्ध भएको थियो।
आइतबार बिहान वीरगन्जबाट काठमाडौंतर्फ गइरहेको मधेश प्रदेश ०३–००१ ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आफैं अनियन्त्रित भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
दुर्घटनापछि अवरुद्ध भएको सडकमा ट्रक हटाउने कार्य सम्पन्न भएपछि यातायात दुबैतर्फबाट पुनः सुचारु भएको समेत प्रहरीले जनाएको छ ।
प्रतिक्रिया