४ असार २०८३, बिहिबार । June 19, 2026

भाटभटेनीमा छरिएको स्याउ–सुन्तला टिप्ने ८ जना हाजिरी जमानीमा छुटे

काठमाडौं । तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका ८ जना व्यक्तिहरूलाई हाजिरी जमानीमा रिहा गरिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले सरकारी वकिलको सहमति पश्चात उनीहरूलाई छाडेको हो। रिहा हुनेहरूमा देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सस्मिता बराल छन्। उनीहरू भाटभटेनी अगाडिको तोडफोडपछि जमिनमा छरिएका फलफूल…