७ बैशाख २०८२, आइतबार । April 20, 2025

तीनकुने घटनाः अभिनेत्री एनी कुँवर पक्राउ



काठमाडौं । चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनसँग सम्बन्धित आरोपमा अभिनेत्री एनी कुँवरलाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कुँवरलाई ललितपुरबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। सामाजिक सञ्जालमा पत्रकार सुरेश रजकको घरमा आगलागीपछि कुँवरले उक्त घरमा ताला लगाउँदै गरेको दृश्य देखिने भिडियो भाइरल भएपछि उनी विवादमा आएकी थिइन्।

घटनापछि उनले फेसबुक लाइभमार्फत सहयोगका लागि आग्रहसमेत गरेकी थिइन्। प्रदर्शनको क्रममा अवाञ्छित गतिविधिमा संलग्न भएको आशङ्कामा उनलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले हाल घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ३ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लिङ्देनसहितका राप्रपा नेता केही घण्टामै रिहा

काठमाडौं । निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र

नेपालको डिजिटल यात्रामा ‘कस्तुरी आईटी होम’को बायोमेट्रिक क्रान्ति

काठमाडौं । डिजिटल युगमा प्रवेश गरिरहेको नेपाल आज सूचना प्रविधिलाई

२० मध्ये ९ बैंक घाटामा ! नाफा वृद्धिमा नेपाल बैंकको धमाका !

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय

एक्सन सुरु भयो, क्लाइम्याक्समा ब्रेक ! लिङ्देनसहितका नेता हिरासतमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक