९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

युट्युब हेरेर सीप सिकिन्, महिनामा ६० हजार कमाउने उद्यमी बनिन् बसन्ती


१ जेष्ठ २०८२, बिहिबार  

9
Shares

कञ्चनपुर । कञ्चनपुर, पुनर्वास–३ की बसन्ती चन्द अब घर खर्चका लागि अरूको मुख ताक्नुपर्दैन। युट्युबबाट सिकेको सीप र सहकारीबाट लिएको सानो ऋणको सहारामा उनले सुरु गरेको केक, पेष्टी र बदाम सेकको व्यवसाय अहिले मासिक ६० हजार रुपैयाँभन्दा बढीको कारोबारमा परिणत भएको छ।

कोरोना महामारीले गाउँकै विद्यालयको जागिर गुमेपछि बेरोजगार भएकी बसन्तीले उद्यम गर्ने अठोट त गरिन्, तर लगानीको अभावले दिशा भेटेकी थिइनन्। यत्ति बेला स्थानीय सृजनशील बचत तथा ऋण सहकारीले उनलाई नयाँ बाटो देखायो।

“इन्टरनेट हेर्दै व्यवसायीक आइडिया खोज्थेँ, केक र बदाम सेक सजिलो लाग्यो,” बसन्ती भन्छिन्। उनले एक लाख रुपैयाँको लगानीबाट व्यवसाय सुरु गरिन् र अहिले पाँच लाखभन्दा बढीको सामग्री थपिसकेकी छन्।

व्यवसाय बढ्दै जाँदा उनले गिफ्टका सामग्रीसमेत बेच्न थालिन् र मासिक आठ हजार रुपैयाँ सहकारीमै बचत गर्न थालेकी छन्। “पसलकै आम्दानीले घर चल्छ, छोरीको पढाइ पनि यही आम्दानीबाटै हुँदैछ,” बसन्तीको गर्विलो भनाइ छ।

सफलताको कथा बोकेकी बसन्ती अब स्वरोजगारका लागि प्रेरणादायी पात्र बनेकी छन्।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको