३० कार्तिक २०८३, सोमबार । November 16, 2026

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित


९ कार्तिक २०८३, सोमबार  

21
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४० रन जोडे। उनले १८ बलको सामना गर्दा ४ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले ३२ रन बनाए। सर्ट र आसिफले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्दै टोलीलाई जितको आधार तयार गरेका थिए।

आसिफ आउट भएपछि लुम्बिनीले केही विकेट गुमाए पनि लक्ष्य भेट्टाउन कठिन भएन। निरोशन डिक्वेला ७ रनमा बोल्ड भए भने शमिम हुसेन १ रनमा आउट भए। कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे। सुदूरपश्चिमका बलर अनिल खरेलले २ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा अलआउट भएको थियो। टोलीलाई कम योगफलमा रोक्न लुम्बिनीका बलर किशोर महतो र शेर मल्लले प्रभावशाली प्रदर्शन गरे। किशोरले ४ तथा शेरले ३ विकेट लिए। कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाकवाइकले समान १ विकेट लिए।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। अनिल खरेल १७ रनमा अविजित रहे। सैफ जैबले १३ तथा विनोदले ९ रन जोडे। इशान पाण्डेले ७ र ब्रान्डन म्याकमुलेनले २ रन बनाए। शेर्फन रदरफोर्ड १ रनमा आउट भए भने स्कट कुगेलाइन र हेमन्त धामी खाता नखोली पभेलियन फर्किए।

एनपीएलमा पहिलोपटक डीआरएस प्रयोग

यस खेलसँगै नेपालमा पहिलोपटक प्रयोगमा आएको डिसिजन रिभ्यू सिस्टम (डीआरएस) पनि चर्चामा रह्यो। दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका शेर मल्लले एलबीडब्लु (लेग बिफोर विकेट) को अपिल गरेका थिए। अम्पायरले आउट नदिएपछि लुम्बिनीका कप्तान रोहित पौडेलले निर्णय पुनरावलोकनका लागि डीआरएस प्रयोग गरे। तर, उक्त पुनरावलोकनमा लुम्बिनी सफल हुन सकेन।

मंगलबार दुई खेल

एनपीएलअन्तर्गत मंगलबार दुई खेल हुँदैछन्। दिनको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज दिउँसो १२:३० बजे आमनेसामने हुनेछन्। दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ७ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

काठमाडौँ । तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि