१९ असार २०८३, शुक्रबार । July 3, 2026

बडिमालिकाको धार्मिक तथा पर्यटकीय महत्व समेटेको अनुसन्धानात्मक वृत्तचित्र सार्वजनीक


२७ माघ २०८१, आइतबार  

45
Shares

काठमाडौं । बाजुराको प्रसिद्ध धार्मिक गन्तव्य बडिमालिका मन्दिरको धार्मिक तथा पर्यटकीय महत्व समेटेर निर्माण गरिएको वृत्तचित्र– “जय श्री बडिमालिका” सार्वजनीक गरिएको छ । शनिबार काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरेर वृत्तचित्र सार्वजनीक गरिएको हो । वृत्तचित्रमा श्री बडीमालिका पूजाको पन्ध्र दिने सरकारी पेटारो लैजाने धार्मिक यात्रालाई मुख्य विषयवस्तुका रुपमा समेटिएको छ ।

त्रिवि ग्रामीण विकास केन्द्रीय विभागबाट एमफिल तहको अनुसन्धानका शोधार्थी रोशनप्रसाद श्रेष्ठ र उप–प्राध्यापक डा. राजन विनायक पासाको संयुक्त पहलमा वृत्तचित्र निर्माण गरिएको थियो । वृत्तचित्र प्रदर्शनको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष तथा वृत्तचित्रका लेखक तथा निर्देशक समेत रहेका डा। पासाले कर्णाली र सुदूर पश्चिमको कनेक्सन क्षेत्र भएकोले बडीमालिका क्षेत्रमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको र यसलाई प्रवद्र्दन गर्नुपर्ने आवश्यकता औँल्याए । बडिमालिकाको महत्वका बारेमा सतहीमात्र नभएर अनुसन्धानात्मक सामाग्रीको निर्माण गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडीमालिका क्षेत्रको जानकारी लिन चाहने पक्षलाई सन्तुष्टी दिने खालको वृत्तचित्र निर्माण भएकोमा खुशी व्यक्त गरे । डोटीमा जन्मेका श्रेष्ठले बाल्यकालमा श्री बडिमालिका मन्दिमा सरकारी पक्षले पेटारो लैजाने गरेको स्मरण गर्दै त्यसबारे विस्तृत अध्ययनका साथ वृत्तचित्र निर्माण गरेकोमा निर्माण पक्षलाई धन्यावाद ज्ञापन गरे । उनले सूदुरपश्चिम क्षेत्रको मात्र नभई सिंगो नेपालकै धार्मिक पर्यटन प्रवद्र्धनमा वृत्तचित्रले महत्त्वपूर्ण योगदान गर्न सक्ने बताउँदै सरकारी पक्षले यसलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

ग्रामीण पर्यटनविद् प्रेम शर्माले नेपालको नेचर र कल्चर अत्यन्त महत्वपुर्ण भएकोले त्यसलाई चिन्न देशव्यापी भ्रमण गर्नुपर्नेमा जोड दिए । यस्तै सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेका प्रा.डा. भूषण श्रेष्ठले धार्मिक पर्यटनका क्षेत्रमा सूदुरपश्चिमवासीले आफ्नो तहबाट विशेष पहल गर्नुपर्ने धारणा राखे ।

वृत्तचित्र निर्माणकर्ता शोधार्थी रोशनप्रसाद श्रेष्ठले आफ्नो शैक्षिक अध्ययनको क्रममा आफ्नो क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सरकारी पेटारो लैजाने गत श्रावण २१ गतेदेखि भएको पन्ध्र दिने धार्मिक यात्रामा सहभागी भई प्रत्यक्ष अनुसन्धानबाट शोध कार्य गरेको र सो शोधकार्यको क्रममा गरिएको अनुभवलाई वृत्तचित्रमा उतारेको बताए । वृत्तचित्रका निर्माणकर्ता तथा निर्देशक उपप्राध्यापक डा. पासाले यसअघिपनि पर्यटन प्रवद्र्दनको उद्देश्यका साथ वृत्तचित्र निर्माण गर्दै आएका छन् । कार्यक्रमको सहजीकरण दुर्गाराज पाण्डेले गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ९ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर