३० बैशाख २०८२, मंगलबार । May 13, 2025

बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध



बैतडी । वर्षा र चट्याङका कारण गत बुधबारदेखि यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ ।

यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युत् सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ । विद्युत् नहुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गणेश विष्टले बताए ।

उनले भने, “बिजुली नहुँदा अन्धकारमा बस्नुपरेको छ, मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ । चार्ज नहुँदा सञ्चारविहीन हुनुपरेको छ ।” नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलका अनुसार विद्युत् सेवा नियमित सञ्चालनका लागि लगातारको वर्षाले गर्दा समस्या भएको जानकारी दिए । उनले भने, “लाइनमा आएको समस्या केही हदसम्म समाधान भएको छ, अब मुख्य फेडरबाट लाइन चलिरहेको छैन ।

लगातारको वर्षाले नियमित विद्युत् सेवा सञ्चालन गर्न समस्या भएको छ ।” यहाँ बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म वर्षा हुने जनाउँदै बैतडीसहित सुदूरपश्चिमका छ जिल्ला रेड जोडमा राखेको छ । लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गरेका छन् । उनले भने, “यहाँ दुई दिनदेखि लगातार वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले बैतडीलाई रेड जोडमा राखेको छ । सबैलाई सतर्कता अपनाउन आग्रह छ ।”

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ५ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साफ यू-१९ः सेमिफाइनल पुगिसकेको नेपाल र भारत भिड्दै

काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपालले

आजको सुनचाँदी बजारः सुन सस्तियो, महँगो भयो चाँदी

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पुनः घटेको छ

विश्वकप यात्राः हङकङसँगको निर्णायक भिडन्तमा नेपाल आज मैदान उत्रँदै

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले आज

राष्ट्रिय शैक्षिक परामर्श सङ्घ लुम्बिनी प्रदेशद्वारा टेबल क्यालेन्डर विमोचन

बुटवल । राष्ट्रिय शैक्षिक परामर्श सङ्घ, लुम्बिनी प्रदेशद्वारा आयोजित टेबल

काभ्रे प्रि-मनसुन बाढीः आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध

काठमाडौं । काभ्रेको माप्तीस्थित रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको