१ श्रावण २०८२, बुधबार । July 16, 2025

बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध



बैतडी । वर्षा र चट्याङका कारण गत बुधबारदेखि यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ ।

यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युत् सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ । विद्युत् नहुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गणेश विष्टले बताए ।

उनले भने, “बिजुली नहुँदा अन्धकारमा बस्नुपरेको छ, मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ । चार्ज नहुँदा सञ्चारविहीन हुनुपरेको छ ।” नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलका अनुसार विद्युत् सेवा नियमित सञ्चालनका लागि लगातारको वर्षाले गर्दा समस्या भएको जानकारी दिए । उनले भने, “लाइनमा आएको समस्या केही हदसम्म समाधान भएको छ, अब मुख्य फेडरबाट लाइन चलिरहेको छैन ।

लगातारको वर्षाले नियमित विद्युत् सेवा सञ्चालन गर्न समस्या भएको छ ।” यहाँ बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म वर्षा हुने जनाउँदै बैतडीसहित सुदूरपश्चिमका छ जिल्ला रेड जोडमा राखेको छ । लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गरेका छन् । उनले भने, “यहाँ दुई दिनदेखि लगातार वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले बैतडीलाई रेड जोडमा राखेको छ । सबैलाई सतर्कता अपनाउन आग्रह छ ।”

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ५ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से

सुन १ हजार ३०० र चाँदी १५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

चितवनको सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालक सामान्य घाइते

चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी

आजको विनिमयदरः घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो

आजको मौसमः केही क्षेत्रमा भारी बर्षा र बाढीको जोखिम

काठमाडौं । देशभर अहिले सक्रिय रहेको मनसुनी प्रणालीका कारण अधिकांश