३० माघ २०८१, बुधबार । February 12, 2025

समयमा उद्धार नहुन गर्भवती महिलाको मृत्यु



बाजुरा । बाजुरा जिल्लाको बडीमालिका नगरपालिका-१ पिनालेखकी २६ वर्षीया गर्भवती महिलाको उपचारका लागि भारत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

२६ वर्षीया विकको भारत लैजाँदै गर्दा सोमबार राति मृत्यु भएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए । उनका अनुसार दुई दिन पहिले थप उपचारका लागि भारत लैजान रिफर गरिएको भएपनि ढिलो गरी लैजाँदा विकको बाटोमा मृत्यु भएको हो । आगामी चैतमा सुत्केरी हुने उनी त्यस अगावै बिरामी भएपछि उपचारका लागि भारत लैजाँदै गर्दा स्वास्थ्यमा थप समस्या आएपछि अछामको बयालपाटा अस्पताल लगिँदै थियो ।

बसमा महेन्द्रनगर हुँदै भारत लैजाने क्रममा अछामको चौखुट्टेमा विकको स्वास्थ्य थप बिग्रिएको थियो । त्यसपछि बयालपाटा अस्पताल लगिएकी उनको अस्पताल पुग्नु अगावै मृत्यु भइसकेको अस्पतालकी अहेब भवानी ढुंगानाले जानकारी दिइन् । समयमा उद्धार हुन नसक्दा गर्भवती महिलाको ज्यान गएको बयालपाटा अस्पतालका चिकित्सकको भनाइ छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १० : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिभिएस एक्सचेञ्ज मेनिया, २ वर्ष सम्म निशुल्क पार्टस लगायत आकर्षक अफरहरु

काठमाडौं । टिभिएस मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले

सुनको मूल्यमा भारी गिरावट, तोलामा कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको

रूकुम पूर्वमा खुकुरी प्रहार गरि २ जनाको हत्या, भिरबाट लडेर हत्याराको मृत्यु

रूकुम । रूकुम पूर्वमा दुई जनाको खुकुरी प्रहार गरी हत्या

आजको विनिमयदरः अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, अस्ट्रेलियन

भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं । भारतको मध्य प्रदेशमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा