४ असार २०८३, बिहिबार । June 19, 2026

बाजुरामा हिमपात हुदाँ किसानलाई राहत


६ माघ २०७९, शुक्रबार  

9
Shares

बाजुरा । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाजुरामा हिमपात भएको छ ।

जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात सुरु भएको हो । पूर्वी–उत्तरी भेगको चार पालिकाका र बडीमालिका, बूढीनन्दालगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ । बिहीबारदेखि मौसम बदलीसँगै चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ ।

वर्षासँगै हावाहुरीसमेत चल्न थालेको छ । चिसो बढेपछि स्थानीय आगो ताप्न थालेका छन् । मौसम बदलीका कारण जिल्लाको तापक्रम दुई डिग्री सेल्सियसमा झरेको छ ।

चिसो बढेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । हिमपात हुन लागेपछि कृषक खुसी भएका छन् । वर्षाका कारण लगाएको खेती सुकेर जान थालेको बेला पानी परेपछि किसानलाई राहत पुगेको छ ।

जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली, स्वामीकात्तिक, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाका उच्च भागमा हिमपात भएको छ । मार्तडी–कोल्टी सडकमा पर्ने पोरखे लेकमा हिमपात भएपछि आवतजावत गर्न समस्या भएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा