२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

समृद्ध सुदूरपश्चिमबारे अन्तर्राष्ट्रिय सम्मेलन सुरु



महेन्द्रनगर । महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको आयोजनामा सोमबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

सम्मेलन सुदूरपश्चिम प्रदेशको सम्भाव्यता, यहाँको कला संस्कृति र विकासका विषयमा केन्द्रित हुने विश्वविद्यालयले जनाएको छ । सम्मेलन ब्रिटेन-नेपाल एकेडेमिक काउन्सिल र अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा तीन दिनसम्म चल्ने विश्वविद्यालयका उपकूलपति अम्मराज जोशीले बताए । सम्मेलनमा नौ देशका प्राध्यापक तथा अनुसन्धानकर्ताले शोधपत्र प्रस्तुत गर्नेछन् । 

“सुदूरपश्चिममा केन्द्रित रहेर तयार पारिएका शोधपत्र शोधकर्ताले प्रस्तुत गर्नेछन् ती विषयमा बहस छलफल हुनेछ”, उनले भने, “नौ विधामा ७६ वटा शोधपत्र प्रस्तुत हुनेछन् भने सम्मेलनमा भौतिक र अनलाइन माध्यमबाट सहभागी हुने व्यवस्था मिलाइएको छ ।” सेमिनारमा सुदूरपश्चिमको कला संस्कृति, आर्थिक, सामाजिक र राजनीतिक विकासका विषयमा समेत विचार विमर्श हुने उनले बताए । “यस क्षेत्रमा थुप्रै सम्भावना भए पनि ती सम्भावनाको उजागर हुन सकेको छैन”, उनले भने ।

उनले हालसम्म राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा सुदूरपश्चिमबारे गहन छलफल हुन नसकेको बताए । सेमिनारमा स्वदेशी र विदेशी गरी चार सय १६ जना सहभागी भएको  ब्रिटेन-नेपाल एकेडेमिक काउन्सिलका प्रतिनिधि कृष्ण अधिकारीले बताए । उनले भौतिक रूपमा दुई सय जना र अन्य अनलाइनमार्फत् सहभागी हुने बताए । “सम्मेलनमा जनस्वास्थ्य, मेडिकल शिक्षा, इञ्जिनियरिङ, जलस्रोत, शैक्षिक नीति, वातावरण, सामाजिक विज्ञान र इतिहासलगायतका विषयमा बहस हुनेछ ।” सम्मेलनमा यहाँको गेटा मेडिकल कजेलदेखि पश्चिमसेती परियोजनाबारे पनि बहस हुने उनको भनाइ छ ।

सुदूरपश्चिममा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनले यस क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउने उनको विश्वास छ । सम्मेलनमा विभिन्न नौ देशका प्राध्यापकको सहभागिता रहने छ । विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्टले  सम्मेलनले सुदूरपश्चिममा रहेका थुप्रै सम्भावनाको उत्खनन गर्र्नेमा विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  २ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको