१ आश्विन २०८३, बिहिबार । September 17, 2026

समृद्ध सुदूरपश्चिमबारे अन्तर्राष्ट्रिय सम्मेलन सुरु


२७ मंसिर २०७९, मंगलबार  

6
Shares

महेन्द्रनगर । महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको आयोजनामा सोमबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

सम्मेलन सुदूरपश्चिम प्रदेशको सम्भाव्यता, यहाँको कला संस्कृति र विकासका विषयमा केन्द्रित हुने विश्वविद्यालयले जनाएको छ । सम्मेलन ब्रिटेन-नेपाल एकेडेमिक काउन्सिल र अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा तीन दिनसम्म चल्ने विश्वविद्यालयका उपकूलपति अम्मराज जोशीले बताए । सम्मेलनमा नौ देशका प्राध्यापक तथा अनुसन्धानकर्ताले शोधपत्र प्रस्तुत गर्नेछन् । 

“सुदूरपश्चिममा केन्द्रित रहेर तयार पारिएका शोधपत्र शोधकर्ताले प्रस्तुत गर्नेछन् ती विषयमा बहस छलफल हुनेछ”, उनले भने, “नौ विधामा ७६ वटा शोधपत्र प्रस्तुत हुनेछन् भने सम्मेलनमा भौतिक र अनलाइन माध्यमबाट सहभागी हुने व्यवस्था मिलाइएको छ ।” सेमिनारमा सुदूरपश्चिमको कला संस्कृति, आर्थिक, सामाजिक र राजनीतिक विकासका विषयमा समेत विचार विमर्श हुने उनले बताए । “यस क्षेत्रमा थुप्रै सम्भावना भए पनि ती सम्भावनाको उजागर हुन सकेको छैन”, उनले भने ।

उनले हालसम्म राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा सुदूरपश्चिमबारे गहन छलफल हुन नसकेको बताए । सेमिनारमा स्वदेशी र विदेशी गरी चार सय १६ जना सहभागी भएको  ब्रिटेन-नेपाल एकेडेमिक काउन्सिलका प्रतिनिधि कृष्ण अधिकारीले बताए । उनले भौतिक रूपमा दुई सय जना र अन्य अनलाइनमार्फत् सहभागी हुने बताए । “सम्मेलनमा जनस्वास्थ्य, मेडिकल शिक्षा, इञ्जिनियरिङ, जलस्रोत, शैक्षिक नीति, वातावरण, सामाजिक विज्ञान र इतिहासलगायतका विषयमा बहस हुनेछ ।” सम्मेलनमा यहाँको गेटा मेडिकल कजेलदेखि पश्चिमसेती परियोजनाबारे पनि बहस हुने उनको भनाइ छ ।

सुदूरपश्चिममा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनले यस क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउने उनको विश्वास छ । सम्मेलनमा विभिन्न नौ देशका प्राध्यापकको सहभागिता रहने छ । विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्टले  सम्मेलनले सुदूरपश्चिममा रहेका थुप्रै सम्भावनाको उत्खनन गर्र्नेमा विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  २ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ