९ श्रावण २०८३, शनिबार । July 26, 2026

कैलालीमा घोरीघोरा लवाङ्गी पूजा


११ मंसिर २०७९, आइतबार  

6
Shares

कैलाली । कैलाली घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ ।

घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा ‘थारु भाषा, कला, धर्म, संस्कृति के गरी सम्मान, घोरीघोरा धार्मिक पर्यटकीय क्षेत्र हे चिनाइ ना हमार अभियान’ भन्ने मूल नाराका साथ घोडाघोडी मन्दिर परिसरमा महोत्सव सुरु भएको हो । शनिबार कैलाली निर्वाचन क्षेत्र नं ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गङ्गाराम चौधरीले घोरीघोरा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव शुभारम्भ गरेका गरेका छन् । कार्यक्रममा कैलाली –३ प्रदेशसभा (२) का नवनिर्वाचित सदस्य खुसीराम डगौंरा, नगरप्रमुख खडकबहादुर रावत, उपप्रमुख गुलियाकुमारी चौधरी, जनप्रतिनिधि, राजनीतिक दलका नेतालगायत विभिन्न व्यक्तिको सहभागिता रहेको थियो ।

उक्त महोत्सव यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा तालको पर्यटकीय क्षेत्रमा उन्नति, थारू परम्परा, कला, संस्कृति प्रवद्र्धन, सांस्कृतिक जगेर्ना र धार्मिक क्षेत्रमा टेवा पुग्ने उद्देश्यका साथ महोत्सव सुरु भएको हो । कार्यक्रममा लवाङ्गी पूजा तथा घोरीघोरा महोत्सवमा विशेषगरी थारू समुदायको पुरानो गुरुवाहरुद्वारा नाचिने बडका नाच, महिलाद्वारा सामूहिक नाचिने सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, मांगरका साथै थारू समुदायको स्थानीय प्रतिभाको संरक्षण संवद्र्धनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो समुदायको पहिचानलाई चिनाउनका लागि विभिन्न प्रस्तुति प्रस्तुत गरिएको थियो ।

महोत्सवमा थारू संस्कृतिका व्यावसायिक सामग्रीको प्रदर्शनी, स्थानीय गाउँ–गाउँको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, थारू जनजाति तथा आदिवासी समुदायको रहनसहन वेषभूषाका साथै विभिन्न थारू नाचको प्रस्तुति रहने आयोजक संस्था घोडाघोडी तथा संस्कृति संरक्षण समाजले जनाएको छ । थारू समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्वकालदेखि गर्दै आएको बताइन्छ । अन्नबाली घर भित्र्याइसकेपछि त्यो अन्नबाली देउतालाई चढाउनुपर्ने मान्यतासहित यहाँ लवाङ्गी पूजा मनाइने गरिन्छ । पछिल्लो एक दशकदेखि यहाँ महोत्सवको आयोजना गरी लवाङ्गी पूजा मनाउने गरिन्छ ।

लवाङ्गी पूजाको अन्तिम दिन जीवनरक्षाका लागि थारू रीतिअनुसार सामूहिकरूपमा घोडाघोडी मन्दिरमा बलि चढाएर मात्र नयाँ अन्न खाने प्रचलन थारू समुदायमा अहिलेसम्म चलिआएको छ । थारू समुदायले घोडाघोडी मन्दिरलाई घोरीघोरा ९घोडाघोडी०मन्दिर भन्ने गर्दछन् । यहाँ कैलाली, कञ्चनपुर, दाङबाट भक्तजन आउने गर्छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर