२१ फाल्गुन २०८२, बिहिबार । March 6, 2026

कैलालीका पालिकामा लैङ्गिक हिंसाविरुद्धको अभियान


१० मंसिर २०७९, शनिबार  

6
Shares

टीकापुर । कैलालीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएको छ ।

कैलालीका सबै पालिकाले अभियानअन्तर्गत १६ दिनसम्म विभिन्न कार्यक्रम गर्दैछन् । पालिकाले जनचेतना जगाउन बस्तीस्तरमा भेला, छलफल, अभिमुखीकरण, सडक नाटक, विद्यालयस्तरमा खेलकुद, वादविवाद प्रतियोगिता, निबन्ध प्रतियोगिताजस्ता कार्यक्रम गर्न थालेका छन् । हिंसा न्यूनीकरणका लागि यस्तो कार्यक्रम गरिएको हो ।

घरभित्र महिलाले भोगिरहेका हिंसाका घटना अन्त्य भएमा समाजमा शान्ति स्थापना हुने सरोकारवाला बताउँछन् । टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले हिंसा न्यूनीकरणका लागि नौवटै वडाका बस्तीस्तरमा प्रभावकारी ढङ्गले जनचेतना जगाउन योजना बनाएर काम गर्न थालेको बताए । “समाजमा देखिने घटना परिघटनाले महिला पीडित भएको देखिन्छन् ।

परिवारभित्रको हिंसा हुन नदिएमा धेरै हिंसाका घटनामा कमी आउँछ”, शाहले भने “त्यसैले बस्तीस्तरमा कार्यक्रम लैजान आवश्यक छ ।” कैलालीको टीकापुरकी सपना (नाम परिवर्तन) का घरमा सधैँजसो झगडा हुन्थ्यो । सासू बुहारी र श्रीमान् श्रीमतीबीच जहिले किचलो हुने सपना अति भएपछि इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी गर्न पुगिन ।

प्रहरीकहाँ उनले घरेलु हिंसा भयो भन्दै निवेदन दर्तापछि प्रहरीले उनका श्रीमान् र सासूलाई छलफलमा बोलायो । “सासूले नानाथरि कुरा लगाउने, श्रीमान् हरेक रात मदिरा खाएर पिट्ने गर्नुहुन्थ्यो”, सपनाले भनीन, “चार वर्षको छोरी साथमा थिइन, घर छोडेर जाउ भने पनि जाने ठाउँ थिएन, सहन नसकेपछि प्रहरीकहाँ न्याय लिए आए ।” प्रहरीले सपनाका सासू र श्रीमान्लाई कानुनी व्यवस्था, महिला अधिकारका कुरा सम्झायो ।

प्रहरीले महिला र पुरुष समान हुन भन्ने कुरा सम्झाएपछि सासू र श्रीमान्ले गल्ती महसुस भयो । “अहिले दुई वर्ष भयो, मलाई कुनै खालको हिंसा छैन, श्रीमान् निकै माया गर्छन्, सासूले पनि सबै व्यवहार बदल्नु भयो”, उनले भनीन् “आफूमाथिको अन्याय नहुन पनि हिंसा न्यूनीकरणको सुरुआत हो । म प्रहरीकहाँ नआएको भए मेरो जीवनमा सुख र शान्ति आउने थिएन ।”

कैलालीको जानकी गाउँपालिकाकी सुगन्ध्या चौधरीलाई पनि यस्तै समस्या थियो । विवाह भएदेखि हिंसा झेल्दै आएकी सुगन्ध्याले पाँच वर्षसम्म यातना सहिन । मर्नुभन्दा घरपरिवार त्यागौँला भनेर उहाँ पनि न्याय माग्न प्रहरीकहाँ पुगिन्।

“मलाई परिवारमात्र होइन छिमेकीको समेत सहयोग मिलेन, म एक्लै पिटिएको शरीर रुदै कराउँदै प्रहरीकहाँ पुगे, प्रहरीले तुरुन्तै श्रीमान्लाई पक्राउ गर्‍यो, मलाई सुरक्षित बासस्थानको व्यवस्था मिलायो”, सुगन्ध्याले भनीन् “मैले सम्बन्धविच्छेद गर्छु भनेपछि परिवारको चेत खुल्यो ।” सुगन्ध्याको परिवारले पनि हिंसाका प्रकार, हिंसाले पार्ने असर र महिलाको अस्तित्व र अधिकार समान हुन्छ भन्ने बुझेपछि बदलिए । सुगन्ध्याको परिवारमा अहिले शान्ति रहेको उनको भनाइ छ ।

अनेक बहानामा महिलामाथि विभिन्न खाले हिंसा भइरहन्छन् । इलाका प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा घरेलु हिंसाका ५४ उजुरी आएका छन् । चालु वर्षको अहिलेसम्म १६ उजुरी दर्ता भएका छन् ।

त्यस्तै बहुविवाहका गत वर्ष दुई र यस वर्ष पनि दुई मुद्दा दर्ता भएका छन् । प्रहरीकहाँ जबर्जस्ती करणीका गत वर्ष १८ र यस वर्षको अहिलेसम्म तीन मुद्दा दर्ता भएका छन् । जबर्जस्ती करणी उद्योगका गत वर्ष दुई मुद्दा दर्ता भएका थिए यस वर्ष भने अहिलेसम्म कुनै घटना आएका छैन । यस्तै गत वर्ष ४७ र यस वर्ष अहिलेसम्म १० जनाले आत्महत्या गरेको तथ्याङ्क छ ।

आत्महत्या गर्नेमा पुरुषको सङ्ख्या धेरै छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक सुरजबहादुर खड्काले प्रहरीले घरेलु हिंसाका घटना सामान्य भए सम्झाउने, कानुनी व्यवस्थाबारे जानकारी दिएर मिलाउने गरेको बताए । “गम्भीर प्रकृतिका घटना भए मुद्दा चलाउन सुझाव दिन्छौँ, पछिल्लो समय समाजमा पुरुष पनि पीडित भेटिन थालेका छन्”, उनले भने, “समाजले पुरुषलाई पीडा राख्ने अवसर दिएको तर पुरुषलाई सहज नभएकाले समाजमा आत्महत्या गर्नेमा पुरुषको सङ्ख्या धेरै छ ।”

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  २ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по