२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

आगलागीबाट १ करोड मूल्य बराबरको धनमाल जलेर नष्ट



कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारका पसलमा गए राति आगलागी हुँदा झण्डै एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट भएका छ ।

आगलागीबाट चौमाला बजारका बिष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा रु एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा रु १५ लाख, पारस सापकोटाको मोबाइल पसलमा रु १० लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको हो । यस्तै हिमाल पुनमगरको मोबाइल पसलमा रु १२ लाख, छविलाल खनालको हार्डवेयर पसलमा रु ४५ लाख र टङ्कप्रसाद आचार्यको सुज सेन्टरमा रु ३० लाख मूल्य बराबरका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

हिमाल पुनमगरको मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युत्को लाइन चुहावट भई लागेको आगो नजिकै रहेका अन्य पसलमा सल्केको थियो । आगलागीको घटनालगत्तै घटनास्थल पुगेको वनवेहँडास्थित सशस्त्र प्रहरीको रिजर्ब गण, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा घोडाघोडी र गोदावरी नगरपालिकाको दमकलका सहायतामा झण्डै एक घण्टापछि आगो निभाइएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको