काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजन आजबाट सुरु हुँदैछ । आज अर्थात शनिबार दिउँसो १२ बजेर १५ मिनेटबाट सुरु हुने एनपीएलका लागि सम्पूर्ण तयारी सकिएको क्यानले जनाएको छ । त्रिवि क्रिकेट मैदानमा हुन लागेको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्दैछन्…