७ जेष्ठ २०८२, मंगलबार । May 20, 2025

एनपीएलको उद्घाटन आज, विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्दै



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजन आजबाट सुरु हुँदैछ ।

आज अर्थात शनिबार दिउँसो १२ बजेर १५ मिनेटबाट सुरु हुने एनपीएलका लागि सम्पूर्ण तयारी सकिएको क्यानले जनाएको छ । त्रिवि क्रिकेट मैदानमा हुन लागेको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

कुन टीम कति बलियो ?
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेतृत्वको विराटनगर किङ्ग्स एनपीएलमा उपाधि दाबेदार मध्येको एउटा टीम हो । अक्सनमार्फत औसत खेलाडी खरिद गरेको विराटनगरले ५ विदेशी खेलाडी भित्राउँदै टिमलाई सन्तुलित बनाएको छ । विराटनगरसँग विश्वकै चर्चित खेलाडी मार्टिन गप्टिल छन् ।

एकदिवसीय विश्वकपमा एकै खेलमा कीर्तिमानी दोहोरो शतक बनाएका उनी एनपीएल खेल्न आउने ठूला नाम मध्येको एक हो । गप्टिलबाहेक ओमानका अलराउण्डर आकिब इल्यास, क्यानडाका कप्तान निकोलस किर्टोन र स्कटिस बलर क्रिस सोल विराटनगरमा छन् । विराटनगरमा नेपालको राष्ट्रिय टिमबाट खेलिसकेका प्रतिश जिशी, लोकेम बम, बासिर अहमद र जितेन्द्र मुखियाजस्ता खेलाडी छन् ।

टिमको फर्मेसन हेर्ने हो भने विराटनगरको टपअर्डर ब्याटिङ मजबुत छ । विराटनगरको ओपनिङमा नेपालका लोकेश बम र न्यूजिल्यान्डका मार्टिन गप्टिल रहनेछन् । उनीहरूलाई टप अर्डरमा ओमनका अकिब इल्यासले पनि साथ दिनेछन् । मिडरअर्डर क्यानडाका निकोलस किर्तोनसहित अफगानिस्तानका इस्मात आलम र नेपालका राजेश पुलामी मगर जस्ता खेलाडीले सम्हाल्नेछन् ।

लोअर्डरमा बसिर अहमदसहित दीपक बोहरा, मिर्नाल गुरुङ र नरेन भट्ट जस्ता खेलाडी रहनेछन् । बलिङतर्फको नेतृत्व भने सन्दीप आफैँले सम्हाल्नेछन् । सन्दीपसँग आईपीएलदेखि विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ जुन् एनपीएलमा काम लाग्नेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख मार्की रहेको जनकपुर बोल्ट्सको कप्तानी भने अनिल साहले सम्हाल्नेछन् । यस टीममा राष्ट्रिय टोलीकै स्पीनर ललित राजवंशी पनि छन् । टोलीका अन्य नेपाली खेलाडीमा रुपेश सिंह, किशोर महलो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी रहेका छन् ।

टीमलाई सन्तुलित बनाउनका लागि जनकपुरले प्रभावशाली पाँच विदेशी खेलाडी भित्राएको छ । जसमा न्युजिल्याण्डका चर्चित खेलाडीदेखि पाकिस्तानका अनुभवी खेलाडीसम्म रहेका छन् । जनकपुरले न्युजिल्याण्डका जिमी नीशम, पाकिस्तानका सोएब मकसुदसहित अमेरिकाका जोसुआ ट्रोम्प, मोहमद मोहसिन र लाहिरु मिलान्था अनुबन्ध गरेको छ । स्वदेशी र विदेशी खेलाडीसहितको सन्तुलित टोली भएका कारण उपाधि जित्ने जनकपुर बोल्ट्सको दाबी छ ।

आजबाट सुरु हुने एनपीएल पुष ६ गतेसम्म जारी रहनेछ । २० दिनको यो अवधिमा ३२ ओटा खेल हुनेछन् । सबै खेलहरु त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ६ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी

पोखरामा भूकम्पको धक्का, केन्द्रबिन्दु कास्कीको सिनुवा

कास्की । मंगलबार दिउँसो पोखरा र आसपासका क्षेत्रमा भूकम्पको हल्का

महिला टी-२० एसिया छनोटः अन्तिम खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ अन्तर्गत

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य अघिल्लो दिनकै दरमा