काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्समाथि चितवन राइनोजले ३३ रनको महत्वपूर्ण जित हात पारेको छ । टस जितेर पहिला ब्याटिङको निर्णय लिएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनायो । चितवनका लागि अफगान युवा ब्याटर हसन इसाखिलले सर्वाधिक ६५ रन बनाए । १…