४ असार २०८३, बिहिबार । June 18, 2026

एनपीएल विशेषः ‘प्ले अफ’ दौडबाट बाहिरियो लुम्बिनी, काठमाडौंको दोस्रो जित


२६ मंसिर २०८१, बुधबार  

282
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार भएको दोस्रो खेलमा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग पराजित भएको छ ।

लिग चरणको छैटौँ खेलमा काठमाडौंसँग १८ रनले पराजित भएसँगै लुम्बिनीको प्ले अफ दौड समेत रोकिएको छ । यसअघि लगातार ४ खेलमा पराजित भएको लुम्बिनीले मंगलबार चितवन राइनोजलाई पराजित गरेको थियो । लुम्बिनी जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, र विराटनगर किंग्ससँग पराजित भएको थियो ।

चितवनलाई हराउँदै २ अंक जोडेको लुम्बिनी पाँचौं स्थानमा उक्लिएको थियो । प्लेअफमा पुग्ने सम्भावना कायम राख्न लिग चरणको अन्तिम २ खेलमा गुर्खाज र पोखरा एभेन्जर्सविरुद्ध जित हासिल गर्नै पर्ने लुम्बिनीलाई दबाब थियो । काठमान्डुले दिएको १०४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको लुम्बिनी १९ दशमलव २ ओभरमा अलआउट हुँदै ८५ रनमा सिमित भयो ।

लुम्बिनीका सन्दीप जोराले २६ बनाउँदा उन्मुक्त चन्दले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । गुर्खाजका लागि कप्तान करण केसीले ४ तथा दीपेश कँडेलले ३ र गेर्हार्ड इरास्मसले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुर्खाज काठमान्डु १९ दशमलव २ मा अलआउट हुँदै १ सय ३ रनमा सीमित भएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ४ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा