४ श्रावण २०८३, सोमबार । July 21, 2026

एनपीएल विशेषः काठमाडौंले लुम्बिनीलाई दियो १ सय ४ रनको लक्ष्य


२६ मंसिर २०८१, बुधबार  

84
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा काठमाडौंले लुम्बिनी लायन्सलाई १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौं १९ दशमलव २ ओभरमा अलआउट हुँदा मात्र १ सय ३ रन बनाउन सक्यो। काठमाडौंको लागि भिम सार्कीले ४० बलमा एक चौकासहित सर्वाधिक ३१ रन बनाए। २७ वर्षीय इंग्लिस खेलाडी डानियल एलेक्जान्डर डाउथवेटले २१ रन बनाएका थिए।

यसबाहेक प्रतिक श्रेष्ठले १४ बलमा ३० र अफगानिस्तानका युवा ब्याटर स्टेफन इस्किनाजीले १३ रनको योगदान गरे। ओपनर माइकल लेभिट दुई बल खेलेर डकआउट भएपछि काठमाडौं दबाबमा आएको थियो । त्यसपछि जेहार्ड इरास्मस १, सुमित महर्जन ४, रसिद खान १, कप्तान करण केसी १ रन, शाहव आलम ८ रन बनाएर आउट भएका थिए ।

लुम्बिनीका लागि साद विन जफरले ३ तथा रेमन सिमोन्ड्स र अभिषेक गौतमले समान दुई विकेट हात पारे । सुर्य तामाङ र विवेक यादवले समान एक विकेट लिए।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  २ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर