काठमाडौं । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गरेको छ । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ । चार टिम सहभागी प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा हुनेछ । नेपालले च्याम्पियनसिपको…