४ असार २०८३, बिहिबार । June 18, 2026

आहा राराको उपाधि भीडन्त आज


२३ पुस २०७९, शनिबार  

6
Shares

काठमाडौं । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि सङ्कटा क्लब र अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब आमनेसामने हुँदैछन् ।

२२ औँ संस्करणको उक्त प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो १ः३० बजेदेखि पोखरा रङ्शालामा सुरु हुनेछ । यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता सशत्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सङ्कटाले फाइनलमा स्थान पक्का बनाएको थियो ।

बिहीबारको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग १–० को जित निकाल्दै भुटनिज युथ स्पोर्टस् फाइनलमा पुगेको हो । साविक विजेता एपीएफलाई स्तब्ध पार्दै फाइनल यात्रा तय गरेको सङ्कटालाई विदेशी खेलाडीको भर छ । सङ्कटामा रहेका दुई क्यामरुनी फरवार्डरले एपीएफविरुद्ध समान दुई–दुई गोल गरेका थिए ।

सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले आफ्नो टिमले उपाधि जित्ने दाबी गरे । उनले फाइनल खेलमा रणनीति परिवर्तन हुन सक्ने बताए । भुटनिज क्लब पनि उपाधि चुम्ने दाउसहित फाइनलमा उत्रदैँछ । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै आएका दुवै टिमको फाइनल स्पर्धा रोचक हुने ठानिएको छ ।

गत १४ गतेदेखि सुरु भएको प्रतियोगितामा दस टिमको सहभागिता छ । प्रतियोगितका विजेताले रु.१२ लाख र उपविजेताले रु.छ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई एक विद्युतीय स्कुटर, उत्कृष्ट डिफेन्डर, फरवार्डर, गोलकिपर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही रु.२५ हजारका दरले पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको २२ औँ संस्करणका अवसरमा रु.५० हजार पाँचको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई प्रदान गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा