११ जेष्ठ २०८३, सोमबार । May 25, 2026

एनभिए भलिबल, आर्मी सेमिफाइनलमा


२७ पुस २०७९, बुधबार  

6
Shares

काठमाडौं । गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लव राजधानीमा जारी सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा आर्मीले लगातार दुई खेलमा जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीले गण्डकीमाथि २५–११, २५–१० र २५–१५ को सेटमा जित निकाल्न सफल भएको थियो । यससँगै आर्मीले दुई खेलबाट ६ अंक जोड्यो । गण्डकीले लगातार दोस्रो हार व्यहोरेको छ ।

लगातार दोस्रो हारसँगै गण्डकीको सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको छ । समूह ‘बी’ बाट एक खेल खेलेको एपिएफको ३ अंक छ । लगातार दोस्रो खेलमा पनि अंक सुम्पिएको गण्डकीले खाता खोल्न सकेका छैन । कृष्ण सेकेण्डरी एकेडेमीले पनि अंक जोड्न सकेको छैन ।

यो समूहमा अब आर्मीले एपिएफसँग खेल्न बाँकी छ भने पहिलो खेलमा सुखद् नतिजा निकालेको एपिएफले आर्मी र कृष्ण सेकेण्डरी स्कुलसँग प्रतिष्पर्धा गर्न बाँकी छ । प्रतियोगिता अन्तर्गत बुधवार नै भएको समूह ए को अर्को खेलमा एभरेष्ट भलिबल क्लवले नयाँ बजारमाथि ३–० को सोझो सेटमा हराएर सान्त्वना जित निकाल्यो ।

एभरेष्टले नयाँ बजारलाई २५–१२, २५–१२ र २५–१४ को सेटमा हराएको हो । यस जितसँगै एभरेष्टले ३ खेलमा ३ अंक जोडेर समूहमा तेस्रो भएको छ । नयाँ बजार भने अंकबिहीन बनेको छ । यद्यपि दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् । यो समूहबाट साविक विजेता न्यु डायमण्ड युथ स्पोट्र्स क्लव र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुन बाँकी छ ।

यी दुई टोलीको प्रतिष्पर्धा बिहीवार हुनेछ र विजेता टोली समूह विजेता र पराजित टोली उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछन् । यस्तै बुधवार सम्पन्न पुरुषतर्फ समूह सी को प्रतिष्पर्धामा ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले न्युटन भलिबल एकेडेमीमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो ।

शुरुवाती दुई सेटमा जित निकालेपनि त्यसपछिको दुवै सेट गुमाउँदा ढोरपाटनले पाँचौ सेटमा संघर्ष गर्नुपरेको थियो । पहिलो र दोस्रो सेटमा क्रमशः २५–२३ र २५–२० को जित निकालेको ढोरपाटनले त्यसपछि दुई सेट क्रमश १८–२५ र २२–२५ ले गुमाएपछि खेल पाँचौ सेटमा लम्बिएको थियो । तर, पाँचौ सेटमा ढोरपाटनले १५–९ ले पक्षमा पार्दा रोमाञ्चक जित निकाल्न सफल भएको हो ।

यससँगै समूह सी मा रहेको ढोरपाटनले दुई खेलबाट २ अंक जोडेको छ । पराजित न्युटनले दुई खेलबाट १ अंकको खाता खोलेको छ । यस्तै अर्को खेलमा हेल्प नेपाल स्पोर्टस् क्लवले केशवलाल भलिबल केन्द्रलाई सोझो सेटमा पराजित गर्‍यो । शुरुवातबाट नै दबाब राख्दै खेलेको हेल्प नेपालले केशवलाललाई २५–१८, २५–१८ र २५–१३ को सेटमा स्तब्ध बनाएको हो ।

यस अघि भएको खेलमा विभागीय टोली नेपाल पुलिसले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित समूह विजेताको रुपमा अन्तिम आठमा प्रवेश गरेको छ । पुलिसले गण्डकीलाई २५–२३,२५–२१,२४–२८ र २५–१५ ले हराएको हो । यस जितसँगै पुलिस समूह सी को समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पुलिसले ३ खेलमा ९ अंक जोड्यो । पुलिसले अब क्वाटरफाइनलमा दावाली मिलन क्लवसँग खेल्नेछ । दावाली समूह एको उपविजेता बन्दै यसअघि नै क्वाटरफाइनलमा पुगेको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ७ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली