काठमाडौं । टी–२० अभ्यास खेल अन्तर्गत सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा आयरल्याण्ड ए लाई नेपाल ए ले ३ रनले पराजित गरेको छ । जारी तीन खेलको टी–२० शृंखला भने आयरल्यान्डले २–१ ले जितेको छ । पहिलो र दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको थियो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो…