मकवानपुर । मकवानपुरको मनहरिमा बाघको आक्रमणबाट एक जनाको बृद्धको मृत्यु भएको छ । आइतबार मकवानपुर मनहरि गाउँपालिका–५ वसन्तपुर स्थित वडा कार्यालय नजिकै बस्ने ७२ वर्षीया कान्छिमाया रुम्बालाई बाघले आक्रमण गरेको थियो । घर नजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म घर नआएको हुँदा आफन्तले खोजी गर्दै जाने क्रममा आफ्नो घरबाट करिब ५०० मिटर पूर्वमा उनको शव…