कञ्चनपुर । तीव्र सहरीकरण र यसको कारणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको देखिन्छ। पुराना घरहरूको स्थानमा पक्की घरहरूको निर्माणले भँगेराको प्राकृतिक आवासको क्षति गरिरहेको छ। “पहिले आँगनमा रमाइला भँगेरा खेलिरहेका हुन्थे, तर अब त्यस्ता दृश्य देख्न पाइँदैन। भँगेराको आवाज पनि सुनिँदैन,” शुक्लाफाँटा नगरपालिका–३ का पहरू दहितले भने। उनी भन्छन्, “अहिले केवल आक्कलझुक्कल भँगेरा देखिन्छ।”…