९ चैत्र २०८२, सोमबार । March 24, 2026

२३ ओटा दुईपाङग्रे सवारी साधन सम्बन्धीत धनीलाई हस्तान्तरण

काठमाडौं । विभिन्न मितिमा हराएका २३ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथ स्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रम गरी २० ओटा मोटरसाइकल र ३ ओटा स्कुटर धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले बताए…