२९ चैत्र २०८१, शनिबार । April 13, 2025

सिद्धबाबा मन्दिर नजिक पहिरोले कार च्याप्यो, यात्रु सकुशल

बुटवल । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको एक कार सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले पुरिएको छ। तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिर नजिकै उक्त घटना भएको हो। लुम्बिनी प्रदेशको ज ०२७६ नम्बरको कार बुटवलबाट पाल्पाको भैरवस्थानतर्फ गइरहेको बेला अचानक आएको पहिरोले कारलाई पूर्ण रूपमा क्षति पु¥याएको प्रहरीले जानकारी दिएको छ। यद्यपि, कारमा सवार सबै व्यक्तिहरू सकुशल रहेको…