२७ मंसिर २०८२, शुक्रबार । December 13, 2025

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना : एकको मृत्यु, ३६ घाइते

कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३६ जना घाइते भएका छन्। धनगढीबाट काठमाडौं जाँदै गरेको ना ८ ख ५७०३ नम्बरको बस शिवराज नगरपालिका–१ वनकसवासामा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। दुर्घटनामा डोटीको दिपायल नगरपालिका–१ की ३५ वर्षीया सरस्वती खड्काको मृत्यु भएको कपिलवस्तु प्रहरी प्रमुख एसपी सन्तोष आचार्यले…