२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

झ्याप्लेखोला पहिरोमा अर्को एउटा बस पनि पुरिएको अवस्थामा भेटियो

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नौबीसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा फेरी अर्को एउटा बस पुरिएको अवस्थामा भेटिएको छ । बसको केही भाग मात्र देखिएकाले नम्बर खुल्न नसकेको धादिङ प्रहरीले जनाएको छ । त्यहाँ डोजर प्रयोग गरेर पहिरो पन्छाउने तयारी भइरहेको छ । गोरखाबाट शुक्रवार बिहान काठमाडौंका लागि छुटेर सम्पर्कविहीन भएको भनिएको बस यही हुन सक्ने आशंका गरिएको…