१ बैशाख २०८३, मंगलबार । April 15, 2026

एकै परिवारका १६ जना रहस्यमयरूपमा बेपत्ता, पुरै गाउँ त्रासमा

सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकाबाट एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा हराएपछि स्थानीयमा त्रास फैलिएको छ भने प्रहरी पनि सक्रिय रूपमा अनुसन्धानमा खटिएको छ। गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिकको भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बस्दै आएकी उर्मिला हायुको परिवार सोमबार बिहानदेखि सम्पर्कविहीन बनेको हो। गाउँलेहरूले उनीहरू घरमै नभएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई…