६ आश्विन २०८३, मंगलबार । September 22, 2026

कांग्रेस सभापति देउवा भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड


१३ जेष्ठ २०८१, आइतबार  

6
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देउवा निवास बूढानिलकण्ठ पुगेका छन् ।

पछिल्लो समय सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबिच दुरी बढेको अवस्था छ । यही बिच दुई शीर्ष नेताबिचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । समिति गठन गर्ने विषयमा दलहरुबिच सहमति भए पनि त्यसको कार्यादेश (टीओआर) को विषय भने टुंगो लाग्न सकेको छैन ।

शनिबार कार्यादेश टुङ्ग्याउने जिम्मा पाएको कार्यदलले दलहरु टीओआरमा सहमति नजिक पुगेको जनाएको थियो । कार्यदलमा भएको छलफलपछि टीओआर टुङ्ग्याउने जिम्मा शीर्ष नेताहरूलाई नै दिइएको छ । आइतबार शीर्ष नेताहरू बसेर त्यसलाई टुङ्गोमा पुर्‍याउने बताइएको छ ।

संसदीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने भन्दै गत चैत २ गतेदेखि कांग्रेसले लगातार प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  १० : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा