काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । रविसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध आइतबार सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरिएको हो । पूर्वगृहमन्त्री लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैया…