काठमाडौं । मिडिया घेराउ गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको अभिव्यक्तिप्रति प्रेस युनियनले आपत्ति जनाएको छ । एक विज्ञप्ती जारी गर्दै रास्वपा सभापति लामिछानेले दिएको अभिव्यक्ति प्रति युनियनले ध्यानाकर्षण भएको जनाएको छ । नेपाली पत्रकारिता क्षेत्रले पञ्चायतकाल, २०४६, २०६२/६३ को राजनीतिक परिवर्तन गर्न ठूलो जोखिम मोलेर मुलुकको राजनीतिक परिवर्तन, लोकतन्त्र, गणतन्त्र, राजनीतिक…