काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् । सीमा सुरक्षाका सन्दर्भमा सोमबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसहित प्रमुख प्रतिपक्षी दलका सभापति देउवासँग छलफल गरेका हुन् । भावी राष्ट्रपतिको विषयलाई लिएर दलहरुबीच तिक्तता बढिरहेका बेला प्रधानमन्त्री प्रचण्डले एकैपटक ओली र देउवासँग छलफल…