११ असार २०८३, बिहिबार । June 26, 2026

आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइने मन्त्री शर्माको प्रतिबद्धता


२३ माघ २०७९, सोमबार  

6
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने बताएकी छन् ।

नेपाल पत्रकार महासङ्घले सोमबार सञ्चारग्राममा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री शर्माले प्रविधिको विकाससँगै सञ्चार क्षेत्रको नियमन आवश्यक भइसेकेको भन्दै पुरानाका कानुनलाई प्रतिस्थापन गर्दै सरोकारवालाको प्रत्यक्ष सहभागितामा नयाँ कानुन निर्माण गरिने स्पष्ट पारिन् । उनले महासङ्घलगायत सरोकारवाला संस्थालाई सञ्चारक्षेत्रमा रहेका नीतिगत सुधारका लागि जतिसक्दो छिटो सुझाव दिन आग्रह गरिन् ।

सोही आधारमा सुधार गरिदै लैजाने प्रतिवद्धता उनको थियो । मन्त्री शर्माले मुलुकको विकास र परिवर्तनका लागि आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताईन् । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले संसदमा छलफल भएका र पाइपलाइनमा रहेका सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिन मन्त्री शर्मा समक्ष आग्रह गरे ।

सरकारले सञ्चारक्षेत्रलाई प्रदान गर्दैआएको सहुलियत सञ्चालकले मात्र नभई श्रमजीवी पत्रकारले पनि पाउनुपर्नेमा अध्यक्ष पोख्रेलले जोड दिए । आमसञ्चार प्रतिष्ठान, जेष्ठ पत्रकार सम्मान वृत्ति, मिडिया काउन्सिल विधेयकलगायत सञ्चारक्षेत्रको नीतिगत सुधारका लागि महासङ्घले दिएको सुझावका आधारमा कानुन निर्माण हुनुपर्नेमा उनको जोड थियो ।

सञ्चार मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले महासङ्घले उठाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै सञ्चार प्रतिष्ठानको स्थापना गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भइरहेको जानकारी समेत दिए । महासङ्घका पूर्वअध्यक्ष तथा सल्लाहकार डा महेन्द्र विष्टले प्रविधिको विस्तार र पहुँचसँगै सञ्चारक्षेत्रले जनताको जीवनस्तर माथि उठाउन सहयोग पु¥याउनुपर्नेमा जोड दिए ।

महासङ्घका सल्लाहकार एवम् पूर्वअध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको हितका लागि प्रचलित कानुनका आधारमा विभिन्न कोष स्थापना गर्न मन्त्री शर्मालाई सुझाव दिए । उनले रोजगारमूलक साना लगानीका मिडिया बन्द हुने अवस्थामा रहेको, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन नभएको भन्दै पत्रकारको वृहत्तर हितका लागि महासंघले पहलकदमी लिनुपर्नेमा जोड दिए ।

त्यस्तै, महासङ्घका सल्लाहकार निर्मला शर्माले राजनीतिक क्षेत्रबाट बेलाबेला आउने अभिव्यक्तिबाट सञ्चार क्षेत्रलाई चुनौती बढेको बताउँदै प्रेसमाथि हुने त्यस्ता घटनाले लोकतन्त्रमाथि खतरा बढाएको बताए । नेपाल प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रविधिको विकाससँगै हाल विकास भइरहेको नयाँ मिडियाको नियमन गर्न आवश्यक रहेको औल्याए ।

नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले पत्रकारको क्षमता अभिवृद्धिका लागि सञ्चार प्रतिष्ठानको तत्काल स्थापना गर्न आवश्यक रहेको बताउए । उनले सञ्चारगृहको आधारमा पत्रकारको पहिचानको व्यस्था गर्न, सञ्चारसम्बन्धी सरकारका नीतिगत समितिमा महासङ्घको प्रतिनिधित्वलाई कम स्थान दिने थालिएकोप्रति मन्त्री शर्माको ध्यानाकर्षण समेत गराए ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ३ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर