४ कार्तिक २०८३, बुधबार । October 21, 2026

कोशी ब्यारेज क्षेत्रका स्थानीयद्वारा आन्दोलन घोषणा


२३ माघ २०७९, सोमबार  

6
Shares

सुनसरी । नेपाल—भारत रेलसेवा सञ्चालनको माग गर्दै सीमावर्ती क्षेत्र कोशी ब्यारेजका दुवै देशका स्थानीयले आन्दोलन गर्ने भएका छन् ।

सोमवार कोशी ब्यारेजस्थित नेपाल—भारत सीमामा बसेको दुई देशीय प्रतिनिधिहरुको बैठकले रेल सेवा सञ्चालनको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेका हुन् । रेलसेवा सञ्चालनको लागि भारतीय पक्षले नेपाल पक्षको समेत समर्थन जुटाएर संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन् ।

सन् २०११ मा सम्पन्न कोशी सम्झौता अनुसार २०१६ देखि २०४० सम्म भारतको भीमनगर हुँदै धरानको फुस्रेसम्म सञ्चालित रेल्वे ट्रयाक प्रयोग गरी पुनः रेल सञ्चालनमा ल्याउन दबाब सिर्जना गर्नेगरी आन्दोलन गर्न लागेको भारतीय रेल आन्दोलन संघर्ष समितिका अध्यक्ष मोहनप्रसाद रस्तागीले बताए ।

प्रदेश १ का पूर्व पर्यटन मन्त्री जगदिश कुसियतले नेपाल—भारत संयुक्त रेलसेवा आन्दोलनको आवश्यकता महशुस भएकाले संयुक्त आन्दोलनमा उत्रन लागेको बताएका छन् । उनले धार्मिक पर्यटनसँगै रोजगारी र विकासका लागि दुई देशीय रेल सञ्चालन आवश्यक रहेको धारण व्यक्त गरे ।

भीमनगरसम्म रेल मार्ग जोडिनुपर्ने भन्दै एक दशकयता सो क्षेत्रका बासिन्दा भारत सरकार बिरुद्ध संघर्षमा छन् । कोशी ब्यारेजमा सम्पन्न भारतको वीरपुर, भीमनगर, बसमतीयासहित सीमावर्ती क्षेत्रका पूर्वसांसद, विधायक, सरोकारवाला र मुखिया सम्मिलित भेलाले भारतीय संघर्ष समितिलाई बिस्तार गरी अघि बढ्ने निर्णय गरेको छ ।

कोशी प्रोजेक्ट अन्तर्गत भारतले सुनसरी र सप्तरीको सीमानामा पर्ने भीमनगरदेखि धरानको रेल्वे लाइन र चकरघट्टीदेखि चतरासम्म ४७ किलोमिटर रेल सञ्चालनमा ल्याएको थियो । त्यस बखत कोशीब्यारेज पुल बनाउन ढुङ्गा ओसार्न भारतको भीमनगरबाट छुट्ने रेलका लागि नेपाल तर्फको कुशाहा, मधुवन, चक्रघट्टी, चतरा, बाङ्गे र घोपा क्याम्पमा रेल स्टेशन राखिएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ४ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि