खोटाङ । खुकुरी प्रहारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित हाँबुका ५९ वर्षीय मानबहादुर राईको मृत्यु भएको छ । शनिबार घरायसी विवादका क्रममा ४३ वर्षीय भतिजा पत्थरमान राईले प्रहार गरेको खुकुरीले काका मानबहादुरको गर्दनमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो । मादक पदार्थले मातेर काकालाई खुकुरी प्रहार गर्ने पत्थरमानलाई पक्राउ गरी कानुनी कारबाही सुुरु गरिएको जिल्ला प्रहरी…