२५ असार २०८३, बिहिबार । July 10, 2026

प्रतिनिधिसभा विघटन नगर्ने कांग्रेसको प्रतिज्ञा


१२ कार्तिक २०७९, शनिबार  

3
Shares

काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्रमै असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने प्रतिज्ञा गरेको छ ।

आगामी निर्वाचनका लागि कांग्रेसले शनिबार सार्वजनिक गरेको घोषणापत्रमै असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने प्रतिज्ञा गरेको हो । ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली काँग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित काँग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणा पत्र सार्वजनिक कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समाज, संविधान रक्षा, स्थिरता र समुन्नतीको आधारलाई विशेष जोड दिएको बताए । निर्वाचनपछि नेपाली काँग्रेस पहिलो पार्टी बन्ने दाबी गर्दै शर्माले बिकासको बाधक भ्रष्टाचार नियन्त्रणमा पृथक संकल्पका साथ पार्टी लाग्ने उल्लेख गरे ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनः संरचना गर्ने, पुँजीगत बजेट कसरी खर्च गर्ने र ठूला पूर्वाधारको निर्माणमा नेपाल २४ सै घण्टा जागा छ भन्ने घोषणापत्रमा रहेको उल्लेख गरे । उनले वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना र ५ वर्षमा १२ लाख भन्दा बढी रोजगारी सिर्जना गरेर जाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

महामन्त्री शर्माले सार्वजनिक पद धारण गरेको हरेक व्यक्तिले प्रत्येक वर्ष सम्पति विवरण सार्वजनिक गर्नुपर्ने र त्यसको लागि बाध्यकारी कानून निर्माण गर्ने बताए । सरकारी कार्यालयमा रहेका प्रशासनिक झन्झटलाई अन्त्य गर्ने, शहरी क्षेत्रको फोहोरको समस्यालाई दीर्घकालीन समस्या समाधान गर्ने, भूमिहीनहरुको समस्या समाधान गर्ने र सामाजिक विसंगति अन्त्यको दशकको रुपमा देशलाई लैजाने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय समितिले काँग्रेसको घोषणापत्र तयार पारेको हो । अर्थशास्त्री तथा योजना आयोगका पूर्व उपाध्यक्षहरू डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेल, शिक्षााविद् डा. कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिला जानकार गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत काँग्रेस नेताहरुले घोषणापत्र लेखेका हुन ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  २ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर