१ आश्विन २०८३, बिहिबार । September 18, 2026

फिलिपिन्स बाढी अपडेट

बाढीका कारण ४७ जनाको मृत्यु, ६० जना बेपत्ता


१२ कार्तिक २०७९, शनिबार  

6
Shares

एजेन्सी । भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा शहर अधिक प्रभावित भएका छन् । मुस्लिम मिन्डानाओ (बीएआरएमएम) को बाङ्सामोरो स्वायत्त क्षेत्रका आन्तरिक एवं स्थानीय सरकार मन्त्री नागुइब सिनारिम्बोका अनुसार दातु ओडिन सिनसुआतमा ४२ जनाको मृत्यु भएको छ ।

पूर्वी प्रान्त क्यामेरिन्स सुरमा शनिबार बिहान आएको आँधी नाल्गामा परेर पाँच जनाले ज्यान गुमाएका छन् । बाढी प्रभावित क्षेत्रमा उद्धारका काम जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जानकारी उनले दिएका छन् । कुसियोङमा एघार जना बालबालिकाको शव उद्धारकर्मीले माटोको ढिस्कोबाट निकालेका उनले बताए ।

कुसियोङका ६० जना हराइरहेका छन् । मागुइन्डानाओ प्रान्तीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका प्रमुख नसरुल्लाह इमामले स्थानीय बासिन्दाको उद्धारका निम्ति सेना र प्रहरी तैनाथ गरिएको बताएका छन् । हालसम्म सात हजारभन्दा बढी बाढी पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

फिलिपिन्समा यो वर्षको बाढीपहिरामा परी दुई सय ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ