सुनसरी । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गर्ने सम्बन्धमा दुई देशका अधिकारीहरु बीच छलफल भएको छ । भारतसँग सीमाना जोडिएको नेपालको सुनसरी र सप्तरी जिल्लाका अधिकारीहरुले भारतीय पक्षसँग निर्वाचनको बेलामा अपनाउनुपर्ने सीमा शतर्कताको सम्बन्धमा छलफल गरेका हुन् । बिहीवार सुनसरीको तरहरामा भएको बैठकमा सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतको…