२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

विश्वकपका लागि डेनमार्कको प्रारम्भिक टोली घोषणा


२२ कार्तिक २०७९, मंगलबार  

6
Shares

एजेन्सी । नोभेम्बर २० बाट कतारमा हुने फिफा विश्वकप फुटबलको लागि डेनमार्कले प्रारम्भिक टोली घोषणा गरेको छ ।

डेनमार्कले सोमबार घोषणा गरेको प्रारम्भिक टोलीमा २१ खेलाडी समावेश भएका छन् । विश्वकप खेल्ने टिमले नोभेम्बर १३ सम्म २६ सदस्यीय अन्तिम टोलको नाम बुझाउनुपर्नेछ । डेनमार्कका प्रशिक्षक क्यास्पर हलमन्डले केही खेलाडीका लागि लिगका २ खेल बाँकी रहेको भन्दै विश्वकपको बाँकी ५ स्थानका लागि १०—११ खेलाडी दाबेदार रहेको बताएका छन् । युरोकपमा हृदयघात भएर मैदानमै ढलेका क्रिस्टियन एरिक्सन पनि विश्वकपका लागि टिममा समावेश छन् ।

डेनमार्कको २१ जनाको टिममा गोलकिपर क्यास्पर सेमिकल र ओलिभर क्रिस्टेनसन रहेका छन् । त्यस्तै डिफेण्डरमा सिमोन कजार, जोचिम एन्डरसन, जोएकिम माहेले, आन्द्रेस क्रिस्टेनसेन, रासमुस क्रिस्टेनसन, जेन्स स्ट्रागर लार्सन, भिक्टोर नेल्सन, ड्यानिएल वास रहेका छन् । मिडफिल्डर थोमस डिलाने, माथियस जेनसन, क्रिस्टियन एरिक्सन, पिएरे एमिल होजवर्ग छन् ।

फरवार्ड आन्द्रेस स्कोभ ओल्सन, जेस्पर लिन्डस्ट्रोम, आन्द्रेएस कोर्नेलिउस, मार्टिन ब्रेथवेइट, क्यास्पर डोलबर्ग, मिकेल डाम्सगार्ड, जोनास विन्ड लाई टोलिमा समेटेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ