३० बैशाख २०८३, बुधबार । May 13, 2026

विश्वकपका लागि ब्राजिलको टिम घोषणा


२२ कार्तिक २०७९, मंगलबार  

9
Shares

एजेन्सी । नोभेम्बर २० बाट कतारमा हुन लागेको फिफा विश्वकप फुटबलका लागि ब्राजिलले टिम घोषणा गरेको छ ।

सोमबार ब्राजिलले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । हालसम्म सर्वाधिक ५ पटकको विश्वकप विजेता बनेको ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ । पछिल्लो पटक २००२ मा एसियामै भएको विश्वकप जितेको ब्राजिल छैटौं उपाधि जित्ने दाउमा रहेको छ ।

विश्वकप २०२२ मा ब्राजिल समूह जी मा छ । यस समूहमा सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् । ब्राजिलले पहिलो खेल नोभेम्बर २४ मा सर्बियाविरुद्ध खेल्नेछ । ब्राजिलको टोलीमा गोलकिपर एलिसन बेकर,एडरसन मोराएस, वेभर्टन, डिफेन्डर ड्यानी आल्भेस, थियागो सिल्भा, मार्किन्होस, ड्यानीलो , एलेक्स सान्ड्रो , एडर मिलिटाओ , एलेक्स टेलेस, ब्रेमर , मिडफिल्डर क्यासेमिरो, फाबिन्हो , लुकास पाक्वेटा, फ्रेड , ब्रुनो गुइमराएस र एभर्टन रिबिएरो रहेका छन् ।

त्यस्तै फरवार्ड नेमार, रिचारलीसन , भिनीसियस जुनियर , एन्टोनी सान्तोस , गाब्रीएल जेसस , राफिन्हा , रोड्रीगो , पेड्रो , गाब्रीएल मार्टिनेली सहितको बलियो टिम घोषणा गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली