काठमाडौं । मनाङ २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र निर्वाचित भएका दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका मनाङेलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङेले विज्ञप्तिमा भनेका छन्, ‘मेरो पवित्र उद्धेश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेको राजनीतिक…