काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी तथा जीबी राईका व्यवसायीक साझेदार छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा…